भारतको पहिलो राष्ट्रपति डा. राजेन्द्र प्रसाद हुन्।उनको १३८औं जन्म जयन्ती आज पालन गरियो। देशभरिमा भैं आज सिलगढी नगरनिगममा पनि डा. राजेन्द्र प्रसादको जन्मजयन्ती पालन गरियो। सिलगढी नगरनिगमका मेयर गौतम देव लगायत अन्य नगरनिगमका अन्य अधिकारीहरूले आज डा. राजेन्द्र प्रसादको सालिगमा माल्यार्पण गरेर श्रद्धाञ्जलि अर्पण गरे।









