गोरुबथान: १० वर्ष भन्दा कम समय नौकरी गरेर अवकास पाउने शिक्षकहरुले ग्र्याच्युटी पाउने भए

IMG-20221203-WA0114.jpg

गोरुबथानमा हिल तराई प्राथमिक शिक्षक संगठनको “छैटौं स्थापना दिवस” आयोजना भइरहेको छ।यसै अवसरमा दार्जीलिङ्ग जिल्ला शिक्षा बोर्डका अध्यक्ष विजय कुमार राईले बताए कि ति शिक्षक/शिक्षिकाले १० वर्ष भन्दा कम नौकरी गर्नेहरूले सरकारी सहुलियतहरु जस्तै ग्र्याच्युटी पाउँदैनन् भन्ने धेरै अधिकारी सम्मको भनाइ थियो। तर हामीले उहाँहरुलाई ग्र्याच्युटी दिलाउन सक्षम भएका छौ। यो बीजीपिएम अनि अनित थापाको नेतृत्वको ठूलो उपलब्धि हो।उनले थप बताए कि “जति पनि शिक्षा क्षेत्रका विज्ञ व्यक्तिहरूले बी जी पि एम पार्टी गठन हुनु अघि जुन प्रकारले समस्याहरू भोग्नु भयो, लान्छना सहनु भयो, पीडा खप्नु भयो त्यस बाट उन्मुक्ति बी जी पि एम संग संलग्न हुँदा अवश्य पाउनु भयो। तपाईहरुले नै हामीलाई स्पष्ट बहुमत दिएर पठाउनु भयो। हामी धेरै उत्साहित छौ। अनित थापाले देखेको सपना तपाईं अनि हाम्रो सपना हो। हाम्रो चाहना अनि सपनालाई नै उहाँले साकार गर्नु दिनरात मेहेनत गर्नु हुँदैछ।”सरकार संग मिलेर जुन किसिमले अनित थापाले काम गरिरहेका छन्, त्यसको सकारात्मक परिणाम देख्नु पाएको कुरालाई बताउँदै उनले भने, “हामी शिक्षा संग सम्बन्धित समस्याहरूको समाधान गर्नु तर्फ लागेका छौ। २०१३ मा धेरै शिक्षकहरुले नियुक्ति पाएका थिए। ती शिक्षकहरू मध्ये कतिले १० वर्ष भन्दा कम्ती नौकरी गरेर अवकास प्राप्त गरेका छन्। उहाँहरुले पेन्सन आदिको समस्या भोग्नु परेको थियो। बी जी पि एम सत्ता मा आउने साथ उहाँहरूको समस्यालाई हातमा लियौं। १० वर्ष भन्दा कम नौकरी गर्नेहरूले सरकारी सहुलियत जस्तै ग्र्याच्युटी पाउँदैनन् भन्ने धेरै अधिकारी सम्मको भनाइ थियो। तर हामीले उहाँहरुलाई ग्र्याच्युटी दिलाउन सक्षम भएका छौ। यो बीजीपिएम अनि अनित थापाको नेतृत्वको ठूलो उपलब्धि हो। अन्य समस्याहरू क्रमै ले समाधान हुनेछन्।”

About Author

Advertisement