आरबीआई, गान्तोकद्वारा ब्याङ्कहरूका लागि एमएसएमईमाथि क्षमता निर्माण कार्यगोष्ठी आयोजित

IMG-20221202-WA0321.jpg

गान्तोक। भारतीय रिजर्भ ब्याङ्क (आरबीआइ), गान्तोकद्वारा एमएसएमई क्षेत्रलाई वित्तपोषणको सम्बन्धमा ब्याङ्करहरूको क्षमता निर्माणका लागि राष्ट्रिय मिशन अन्तर्गत २ दिसम्बरको दिन गान्तोकमा कार्यगोष्ठी आयोजन गरियो। कार्यगोष्ठीमा गान्तोक जिल्लामा परिचालित करिब ५० ब्याङ्कका प्रतिनिधिले भाग लिए।
आरबीआइ, गान्तोकका प्रभारी तथा महाप्रबन्धक किशोर परियारले कार्यगोष्ठीको उद्घाटन गर्दै प्रतिभागीहरूलाई सम्बोधित गरे। भारतीय परिप्रेक्ष्यमा एमएसएमई क्षेत्रको महत्त्वमाथि बल दिँदै एमएसएमईको परिभाषा अन्तर्गत खुद्रा व्यापारलाई पनि सामेल गर्नुपर्ने विषयमाथि चर्चा गरे। यसका साथै ब्याङ्करहरूका लागि यस प्रकारको विशेष कार्यगोष्ठी आयोजन गर्नुकै उद्देश्यबारे चर्चा गर्दै एमएसएमई ऋणसित सम्बन्धित ब्याङ्कहरूको क्षमता निर्मनाण गर्ने दिशामा यो आरबीआइको पहल रहेको अवगत गराए।
ब्याङ्कहरूमा ग्राहक सेवामा सुधार ल्याउनका साथै ब्याङ्क आउने ग्राहकहरूप्रति शिष्ट अनि विनम्र व्यवहार गर्दै उनीहरूका ब्याङ्कबाट अपेक्षा पूरा गर्ने दिशामा समुचित प्रयासका लागि भावनात्मक बौद्धिकता विषयमा प्रशिक्षण प्रदान गर्न कोलकाताकी करपोरेट प्रशिक्षक श्रीमती नीलु जैनलाई आमन्त्रित गरिएको थियो। यस अवसरमा बोल्दै उनले विशेष गरी ब्याङ्करहरूका लागि पेशागत साथै व्यक्तिगत विकासको प्रमुख कारकका रूपमा सुदृढ भावनात्मक गुणको महत्त्वबारे चर्चा गरिन्। यसका साथै स्टार्टअप परिवेशलाई बल दिन सुन्ने अनि ग्रहण गर्ने धैर्यताका साथमा ग्राहकमुखी दृष्टिकोणको महत्त्वबारे पनि जानकारी दिइन्।
आरबीआइ, गान्तोकका जीत शाह अनि अमरजीत सिंहले आरबीआइका साथमा सरकारको योजनाका अतिरिक्त एमएसएमई क्षेत्रका लागि ऋण प्रवाहमा सुधार ल्याउन आरबीआइद्वारा सबै ब्याङ्कलाई जारी गरिएको निर्देशहरूबारे चर्चा गरे। एमएसएमई ऋणकर्ताहरूलाई ऋण प्रदान गर्ने सम्बन्धमा सामना गर्नुपर्ने समस्याबारे उल्लेख गर्दै यस्ता विषयलाई सम्बोधित गर्ने पदक्षेपहरूबारे पनि प्रकाश पारे।
आफ्नो समापन सम्बोधनमा महाप्रबन्धक परियारले भारतीय अर्थनीतिलाई व्यापक टेवा प्रदान गर्ने तथा एमएसएमई परिवेशमा सकारात्मक प्रभाव पार्ने विषय ब्याङ्कहरूलाई अरू बढी अग्रता हासिल गर्न आवश्यक प्रभावी सञ्चारी सीपमाथि बल दिए।
कार्यक्रमलाई सबैले सहर्ष स्वीकार गर्दै सकारात्मक प्रतिक्रिया दिनका अतिरिक्त यस प्रकारका कार्यक्रम नियमित रूपमा आयोजन गर्न पनि आरबीआइलाई अनुरोध गरे। (पीआइबी)

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *