दोस्रो विण्टर कपः ३/१ जीआर दार्जीलिङ सेमिफाइनलमा

IMG_20221203_000803.jpg

लोधोमा खेलकुद संघको तत्त्वावधानमा आयोजित दोस्रो विण्टर कप ओपन फूटबल टुर्नामेण्टमा ३१ जीआर दार्जीलिङले रोमाञ्चक जीतको साथ सेमिफाइनलमा स्थान बनायो। लोधोमा (दार्जीलिङ) खेल मैदानमा शुक्रवार खेलिएको म्याचमा ३/१ जीआर-ले दार्जीलिङ पुलिसलाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट एकमात्र गोल साम छिरिंग भूटियाले दोस्रो हाफको १५औं मिनटमा गरे। ३/१ जीआर-का पाकमान राईलाई प्लेयर अव् द म्याच चयन गरियो। अब शनिवार खेलिने पहिलो सेमिफाइनल म्याचमा टेरिटोरियल आर्मी, दार्जीलिङ र कञ्चनजंघा एफसी-बीच भिड़न्त हुनेछ। यस नाइन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ३ लाख ३१ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई २ लाख २१ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसबाहेक हरेक म्याचको सर्वश्रेष्ठ खेलाड़ीलाई ट्रफीको साथमा नगद पुरस्कार प्रदान गरिनेछ। फाइनलसम्म प्रदान गरिने प्लेयर अव् द म्याचको ट्रफीको साथमा च्याम्पियन र रनर अप् टीमलाई प्रदान गरिने ट्रफीहरू कैलाश निरौलाले आफ्नी माता नरमाया निरौलाकी नाममा डोनेट गरेका छन्। यसरी नै प्लेयर अव् द टुर्नामेण्ट हुने खेलाड़ीलाई आधा तोला सुन प्रदान गरिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *