मंगन: राष्ट्रिय पञ्चायत अवार्ड मूल्याङ्कन विषयबारे आज मंगन जिल्ला पञ्चायतद्वारा जिल्ला प्रशासनिक केन्द्रमा एक समीक्षा बैठक सम्पन्न भयो।
बैठकमा जिल्लापाल डा. ए. बी. कार्की, डीपीओ, एडीसी चुङथाङ, जेडीहरू, डीएमएस, डब्ल्यूओ, डीई, एडी लगायत अन्यको उपस्थिति रहेको थियो। बैठकमा जिल्ला पञ्चायत कार्य सम्पादन मूल्याङ्कन समितिको ढाँचामा राज्य/केन्द्र शासित राज्य स्तरीय पुरस्कारहरूको लागि ग्राम पञ्चायतहरूको सिफारिसको लागि छलफल गरियो। ग्राम पञ्चायतहरूको प्रमाणीकरण, मूल्याङ्कन र मनोनयन प्रक्रिया सम्बन्धी जिज्ञासामा जिल्ला कमिटी सदस्यहरूबीच छलफल भएको थियो।









