माइक्रो फुड प्रोसेसिङ इन्टरप्राइज योजनामाथि सचेतना कार्यक्रम आयोजित

IMG-20221202-WA0316.jpg

गान्तोक: मंगन जिल्लाको चुङथाङस्थित खण्ड प्रशासनिक केन्द्रमा प्रधानमन्त्री माइक्रो फुड प्रोसेसिङ इन्टरप्राइज योजनामाथि खण्डस्तरीय सचेतना कार्यक्रम आयोजना गरियो। यस कार्यक्रम आयोजना गरिनुको मुख्य लक्ष्य प्रत्यक्षरूपमा स्थानीय उद्यामीहरू समक्ष पुऱ्याउनु रहेको थियो। कार्यक्रममा ५०-६० जना उद्यामी साथै स्थानीय गैर सरकारी संस्थाका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए। आजको यस एक दिवसीय सचेतना कार्यक्रममा अतिरिक्त सचिव तोप्देन जाङपो रहेका थिए। उनले आफ्नो सम्बोधनमा यस योजना अन्तर्गत उद्यामीहरूलाई हुने लाभबारे प्रकाश पारे। यस योजना अन्तर्गत ऋण लिएर उद्यानी बन्न चाहनेहरूलाई ३५ प्रतिशत सब्सिडी प्रदान गरिने बताए। उनले राज्य भित्र र राज्य बाहिर दुबै बिक्री बढाउन उत्पादनको मानकीकरणको महत्त्वमा जोड दिए।

यसरी नै खण्ड विकास अधिकारी टिकाराम छेत्रीले जिल्लाले शुरू गरेको यस महत्वपूर्ण योजनाबारे विस्तृतरूपमा प्रकाश पारे। उनले सहभागीहरूलाई यस कार्यक्रमबाट अधिक मात्रमा लाभ उठाउनु पर्ने आग्रह गरे। सोही प्रकारले जिल्ला पञ्चायत पासाङ्कित लेप्चाले यस्ता कार्यक्रममा सक्रिय सहभागिता जनाउन आग्रह गर्दै जनचेतना जगाउन सक्दो सहयोग गर्ने आश्वासन दिइन्।

About Author

Advertisement