बडी बिल्डिङ्ग एण्ड फिजिक च्याम्पियनशीपमा भाग लिन सिक्किमले पठायो खेलाडी

photocollage_2022122214821592.jpg

गान्तोक: १३औं वर्ल्ड बडी बिल्डिङ एण्ड फिजिक च्याम्पियनशीपमा भाग लिन बडी बिल्डिङ एसोसिएशन अफ् सिक्किमले दुई जना खेलाड़ीलाई थाइल्याण्ड पठाइरहेको छ। एसोसिएशनको तर्फबाट तेन्जिङ छोपेल भोटिया र कल्पना छेत्रीले देशलाई प्रतिनिधित्व गर्दै यस प्रतियोगितामा भाग लिनेछन्। एसोसिएशनका महासचिव पेमा डब्ल्यु. डी. भोटियाले आज प्रेसवार्तामा बताए अनुसार,यो प्रतियोगिता आगामी ६ दिसम्बर देखि १२ दिसम्बरसम्म थाइल्याण्डमा समपन्न हुनेछ। प्रतिभागी टोली यहॉंका ४ दिसम्बरमा प्रस्थान हुनेछ। सिक्किमका तेन्जिङ छोपेल भोटियाले मेन्स फिजिक र कल्पना छेत्रीले वुमन्स फिजिकमा प्रतिस्पर्धा गर्नेछन्।उनले मालदिभ्समा भएको एशिया च्याम्पियनशीपमा उत्कृष्ट प्रदर्शन गरेको आधारमा राज्यका दुई खेलाड़ीको चयन गरिएको जानकारी गराए। उक्त प्रतियोगितामा दुवै खेलाड़ीले राम्रो प्रदर्शन गरेको र आउॅंदो वर्ल्ड च्याम्पियनशीपमा पनि राम्रो प्रदर्शन गर्ने उनले आशा व्यक्त गरे।खेलाड़ीद्वयले विश्वस्तरको उक्त प्रतियोगिताको निम्ति कड़ा परिश्रम गरेको र राम्रो प्रदर्शन गर्ने आशा व्यक्त गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *