राजभवनमा अन्तरराष्ट्रिय कला शिविर सम्पन्न

IMG-20221202-WA0311.jpg

गान्तोक: राजधानीस्थित राजभवन परिसरमा लिङ्क आर्ट वर्ल्ड गान्तोक अनि विविध कला अकादमी गान्तोकको संयुक्त तत्वावधानमा अन्तरराष्ट्रिय कला शिविरको आयोजना गरियो। यस अवधि राज्यका राज्यपाल गंगा प्रसादले चित्रकारहरूलाई शुभकामना व्यक्त गर्दै यस प्रकारको शिविरले विभिन्न देशका कलाकारहरूलाई मञ्च प्रदान गर्न मात्र होइन एकार्कामा भाइचाराको भावना बढ़ेर जाने विचार पोखे।

यस शिविरमा १७ जना चित्रकार भारतबाट थिए भने ११ जना बंगलादेशबाट अनि १६ जना नेपालबाट थिए। अन्तरराष्ट्रिय कला शिविरको मुख्य उद्देश्य राज्यपाल गंगा प्रसादसँग भेट गरी राजभवन परिसरमा सिक्किमको सुन्दरता अनि विभिन्न परिदृश्यहरूलाई क्यानभासमा उतार्नु थियो। टोलीले मुख्य रूपले वाटर कलर पेण्टिङमाथि काम गऱ्यो।

टोलीको नेतृत्व संस्कार भारती सिक्किमका अध्यक्ष किरण रसाइलीले गरेका थिए। यी पेण्टिङहरू भारत, बंगलादेश अनि नेपालमा प्रदर्शित गरिनेछ। जानकारी गराइन्छ, विविध कला अकादमीले राज्यमा गत १० वर्षदेखि फोटोग्राफी, संगीत अनि पेण्टिङ क्षेत्रमा उल्लेख्य कार्य गर्दै आइरहेको छ।

About Author

Advertisement