मजदुर कार्यन्वयन अधिनियम बारे जागरुक कार्यक्रम समपन्न

IMG_20221202_215140.jpg

सोरेङ: आज भवन तथा अन्य निर्माण मजदुरहरुको कार्यान्वयन अधिनियम (रोजगार र सेवाका सर्तहरूको नियमन) अधिनियम, १९९६ र भवन तथा अन्य निर्माण मजदूरहरूको कल्याण कर अधिनियम, १९९६ को बारेमा जागरूकता कार्यक्रम आयोजन गरियो। यस कार्यक्रममा मुख्य अतिथिको रूपमा उपस्थित श्रम विभाग मन्त्री लोकनाथ शर्माले सोरेङ जिल्लावासीहरूलाई श्रम विभागको कार्यालय स्थापनाको निम्ति बधाई दिए। उनले विभागका अधिकारीहरूलाई निजी अथवा सार्वजनिक क्षेत्रमा कार्यरत मजदूरहरूको पञ्जीकरण सुनिश्चित गर्न निर्देश दिए। उनले राज्य सरकारका विभिन्न सुविधा र लाभहरूको फाइदा उठाउन पञ्जीकरण आवश्यक रहेको बताए।
यसै गरी, मन्त्री शर्माले दुग्ध खेती र कृषि सम्बन्धित कतिपय योजनाहरूमाथि प्रकाश पार्दै आजीविका आर्जनका लागि यी योजनाहरूबाट लाभ उठाउन आह्वान गरे। उनले राज्यको विकास र आत्मनिर्भर सिक्किमको लक्ष्यलाई प्राप्त गर्न सबै पञ्चायतहरूलाई मिलेर काम गर्न पनि आह्वान गरे।क्षेत्र विधायक आदित्य गोलेले युवाहरूलाई आर्थिक आत्मनिर्भरता प्राप्त गर्ने स्रोतको रूपमा उद्यमशीलतालाई अपनाउन प्रोत्साहित गरे। उनले सोरेङ जिल्लालाई आकांक्षी जिल्लाको रूपमा चिन्हित गरेकोमा राज्यका मुख्यमन्त्री र केन्द्र सरकारप्रति कृतज्ञता व्यक्त गरे।कार्यक्रमलाई श्रम विभागका सचिव कर्म नामग्याल भोटिया र जिल्लापाल भीम ठटालले पनि सम्बोधन गरेका थिए। कार्यक्रममा श्रीबदामका कल बहादुर गुरूङलाई सम्मानित गरियो। गुरूङले हालैमा बेस्ट ट्राउट हेचरीको पुरस्कार जितेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *