सियालदह स्टेशन छेउ दुईवटा लोकल ट्रेन ठोक्कियो

whatsapp_image_2022-11-30_at_13.16.22_0.jpeg

कोलकता: सियालदह स्टेशन छेउ दुईवटा लोकल ट्रेन ठोक्किएको छ। यो पश्चिम बंगालको सबैभन्दा ठूलो स्टेशनहरू मध्ये एउटा हो। घटनामा सबै यात्रीहरू सुरक्षित छन् र कसैलाई चोट-पटक लागेन। रेल सूत्रअनुसार, बुधवार बिहान सियालदह स्टेशनमा राणाघाट लोकल ट्रेन प्रवेश गरिरहेको थियो। ट्रेनमा यात्रीहरूको निकै भीड थियो। त्यही समय सियालदह स्टेशनबाट कारशेडतिर एउटा खाली ट्रेन गइरहेको थियो। तकनीकी गडबडीका कारण यसमा राणाघाट लोकल ट्रेनको चक्का पटरीबाट बाहिर निक्लियो, जस कारण कारशेड गइरहेको ट्रेन ठोक्किए। लोकल ट्रेनका केही कोचहरू क्षतिग्रस्त भएका छन्। भाग्यवश, यस घटनामा कसैलाई चोट लागेन।

रेलवे सुरक्षा बल (आरपीएफ) र राजकीय रेल पुलिस (जीआरपी) को टीम तत्काल घटनास्थलमा आइपुगे। यात्रीहरूलाई सुरक्षित निकालेर स्टेशन पुऱ्याइयो। दुर्घटना कसरी भयो भन्ने विषयमा जॉंच गरिने बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement