जीटीए चिफ् अनित थापाद्वारा सिटोङ लाटपञ्चरमा दुईवटा योजनाको शिलान्यास

IMG-20221130-WA0304.jpg

खरसाङ: जीटीए प्रमुख कार्यपाल अनित थापाले आज सिटोङ ३ अन्तर्गत लंकु सार्वजनिक खेल मैदान सुन्दरीकरण योजना अनि सिटोङ २ अन्तर्गत जोगिघाटदेखि तुरुक, मामरिङ हुँदै गेनम लेप्चाको घरसम्म पुग्ने ४.५ किलो मिटर लामो सडक योजनाको विधिवत शिलान्यास गरेका छन्। दुई दिवसीय सिटोङ लाठपञ्जार समष्टीको भ्रमणमा रहेका जीटीए चिफ् एक्जीक्युटिभ अनित थापाले आज उक्त शिलान्यास गरेका छन् । उक्त रोडको शिलान्यास गरेपछि अनित थापाले भने, ‘चुनावको समय मैले समष्टिवासीलाई दिएको वचन पूरा गर्दै आज दुईवटा योजनाको सुरुवात गरेको छु। समष्टिको प्रगति नै स्थानीय वासिन्दाको प्रगति हुने गाउँवासीको विचारलाई लिएर हामीले समष्टि विकासको कार्य सुरु गरेका छौं। समष्टि विकसित बने मात्र व्यक्ति अनि परिवारको विकास हुन्छ भन्ने हाम्रो धारणा छ। त्यसैले हामीले समष्टिमा सामूहिक कार्यलाई प्राथमिकता दिएर काम सुरु गरेका छौं।’

उक्त दुई बेग्ला बेग्लै शिलान्यास कार्यक्रममा समष्टि सचिव रतन गुरुङ लगायत जगत थापा, लाडुप, केबी गुरुङ अनि नारी शक्ति अध्यक्ष अनु प्रधानको उपस्थिति रहेको थियो।
रतन गुरुङले शिलान्यास कार्यपछि भने, ” समष्टिलाई चाहिएको विकासको थुप्रै योजनाहरुमध्ये आज शिलान्यास गरिएको योजनाहरू पनि हुन्। बाटो राम्रो भए यहाँको कृषि विकास हुनेछ, पर्यटन विकास हुनेछ। यी दुई यहाँको प्रमुख आय श्रोत हुन। जब हाम्रा मानिसको व्यवसाय फस्टिएर जान्छ तब परिवार स्वतः आर्थिक रूपमा सम्पन्न बन्नेछ। अनित थापा केवल जीटीए प्रमुख मात्र होइनन् उनी हाम्रा सभासद पनि हुन र हाम्रो समष्टिले राम्रो सभासद पाएका छन्।”

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement