दोस्रो विण्टर कपः रोमाञ्चक जीतको साथ टेरिटोरियल आर्मी सेमिफाइनलमा

photocollage_2022113018322392.jpg

३० नोभेम्बरः लोधोमा खेलकुद संघको तत्त्वावधानमा आयोजित दोस्रो विण्टर कप ओपन फूटबल टुर्नामेण्टमा टेरिटोरियल आर्मी (टीए), दार्जीलिङले रोमाञ्चक जीतको साथ सेमिफाइनलमा स्थान बनायो। लोधोमा (दार्जीलिङ) खेल मैदानमा बुधवार खेलिएको म्याचमा टीए दार्जीलिङले मानेभञ्ज्यांग फूटबल क्लबलाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट एकमात्र गोल हेमन्त टोप्पोले ४५औं मिनटमा छिराए। म्याच जिताउने गोलको निम्ति हेमन्त टोप्पोलाई प्लेयर अव् द म्याच चयन गरियो। अब बिहीवार खेलिने हाई भोल्टेज म्याचमा जर्जियन फूटबल क्लब र एमएमएफसी निरपानीबीच भिड़न्त हुनेछ। यस नाइन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ३ लाख ३१ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई २ लाख २१ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसबाहेक हरेक म्याचको सर्वश्रेष्ठ खेलाड़ीलाई ट्रफीको साथमा नगद पुरस्कार प्रदान गरिनेछ। फाइनलसम्म प्रदान गरिने प्लेयर अव् द म्याचको ट्रफीको साथमा च्याम्पियन र रनर अप् टीमलाई प्रदान गरिने ट्रफीहरू कैलाश निरौलाले आफ्नी माता नरमाया निरौलाकी नाममा डोनेट गरेका छन्। यसरी नै प्लेयर अव् द टुर्नामेण्ट हुने खेलाड़ीलाई आधा तोला सुन प्रदान गरिनेछ।

About Author

Advertisement