मारामार एफसी प्री-क्वार्टर फाइनलमा

IMG_20221130_181603.jpg

३० नोभेम्बरः भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, कालीझोड़ा शाखाको तत्त्वावधानमा आयोजित गोपाल प्रधान स्मृति विनर ट्रफी अनि शहीद उत्तम प्रधान स्मृति रनर अप् ट्रफी ओपन नक्आउट फूटबल टुर्नामेण्टमा सिलगढ़ीको मारामार एफसी-ले प्री-क्वार्टर फाइनलमा स्थान बनायो। कालीझोड़ा फूटबल मैदानमा बुधवार भएको म्याचमा मारामार एफसी-ले कालीझोड़ा युवा परिवारलाई ४-३-ले पराजित गऱ्यो। विजेता टीमबाट अभिषेकले 2२ गोल गरे। यसबाहेक लरेन्स र स्माइलले १-१ गोल गरे। यसरी नै कालीझोड़ा युवा परिवारबाट रुपक तामाङ, सत्या छेत्री र रुपम प्रधानले गोल गरे। बिहीवार खेलिने म्याचमा जरायोटार (पन्बु) र सेलेसियन कलेज सिलगढ़ीबीच भिड़न्त हुनेछ। यस टुर्नामेण्टमा जम्मा २८ वटा टीमलाई स्थान दिइएको छ। दुईवटा सेमिफाइनल २७ र २८ दिसम्बरमा हुनेछ। यसरी नै फाइनल ३१ दिसम्बरमा खेलिनेछ। यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक विनर ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक विनर ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा एकाधिक आकर्षक व्यक्तिगत नगद पुरस्कार र ट्रफीहरू पनि रहनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement