मिरिकमा बिजुलीकाे बील भुक्तान गर्नेहरूकाे भीड

IMG_20221130_181921.jpg

मिरिक: मिरिक विद्युत कार्यालयमा दैनिक बिजुलीकाे बील भुक्तान गर्नेहरूकाे भीड देखिन थालेकाे छ। दैलाेमा सरकार शिविरमा आन्दाेलनकालमा भुक्तान नगरिएकाे बिजुलीकाे बीलमा पचास प्रतिशतमा भुक्तान गर्ने प्रावधान गरिएपछि मिरिकको विद्युत कार्यालयमा बिहान सात बजीदेखि नै बील भुक्तान गर्नेहरूकाे लश्कर लाग्ने गरेकाे देखिएकाे छ। बील अनलाइन भुक्तान गर्ने प्रावधान नभएकाे कारण दैनिक मानिसहरूकाे विद्युत कार्यालय अघि भीड भएकाे बुझिएकाे छ। प्राप्त जानकारी अनुसार मिरिक विद्युत कार्यालयमा दैनिक दुई हजार जनाले बिजुलीकाे बील भुक्तान गरिरहेका छन्। यता बील भुक्तान गर्न उपभोक्ताहरू घण्टाैंसम्म लश्करमा बस्न परेकाेले कतिपय समस्या देखा परेकाे छ भने बील भुक्तानकाे लागि कर्मचारीहरूले पनि धेरै समय कार्यालयमा बिताउनु परिरहेकाे छ। यता मिरिक विद्युत कार्यालयका एसएस इशान्त लामाले मिरिक विद्युत कार्यालयसित सम्बन्धित जति पनि उपभोक्ताहरूले दैलाेमा सरकार शिविरमा बील भुक्तानकाे लागि आवेदन गरेका थिए ।उनीहरूले बील भुक्तान गरिरहेकाे जानकारी गराँउदै विद्युत विभागका कर्मचारीहरूले पनि बेलुकी पाँच बजीसम्म काम गरिरहेकाे बताए। उनले बील बुझाउने मियाद पन्ध्र दिनसम्म बडेकाेले बील बुझाउनेहरूकाे भीड घट्दै जाने आशा गर्न सकिन्छ भने।

About Author

Advertisement