३० नोभेम्बरः क्यामरुनका गोलकीपर आन्द्रे ओनानलाई प्रशिक्षक रिगबर्ट सोंगसँग भएको मतभेदपछि अनुशासनात्मक कारणहरूले गर्दा फीफा वर्ल्ड कपबाट स्वदेश पठाइयो। क्यामरुन फूटबल महासंघले मंगलवार जारी बयानमा बताएअनुसार, इण्टर मिलानका गोलकीपरलाई टीमबाट अस्थायी रूपले निलम्बित गरिएको छ अनि यो निलम्बन कतरमा पूरा टुर्नामेण्टको अवधि जारी रहनेछ। महासंघले ओनानको निम्ति स्वदेश फर्किन कतरबाट उड़ानको बन्दोबस्त गरेको छ। ओनानलाई मंगलवार दोहा एयरपोर्टमा देखियो। ओनानले पनि एउटा बयान जारी गरेर प्रशिक्षक सोंगसँग टीमको रणनीतिलाई लिएर आफ्नो मतभेदको उल्लेख गरेका छन्। प्रशिक्षकसँग मतभेदले गर्दा नै ओनानलाई सर्बिया विरुद्ध म्याचमा खेलाइएन। म्याच ३-३-ले ड्र रहेको थियो। ओनानले भनेका छन्, मैले त वर्ल्ड कपमा खेल जारी राख्न मामिलाको हल निकाल्ने प्रयास गरेको थिएँ तर दोस्रो पक्षले कुनै इच्छा नै देखाएन।









