प्रतिबन्धित नशालु पदार्थको साथमा चारजनालाई पक्राउ

ea908059-b7bb-4b08-92a8-c46914317a2e

गान्तोक – पाकिम जिल्लाको रम्फू पुलिसले चेक-पोस्टबाट भिन्न-भिन्नै मामिलामा प्रतिबन्धित नशालु पदार्थको साथमा चारजनालाई पक्राउ गरेको छ। पुलिस रिपोर्टअनुसार, हिजो दिउॅंसो सिलगढीबाट गान्तोक आइरहेका एसएनटी बसमा यात्रा गरिरहेका दुई व्यक्तिलाई संदिग्ध ब्राउन शुगरसहित पक्राउ गरियो। आरोपित व्यक्तिहरूबाट ६.२२ ग्राम संदिग्ध ब्राउन शुगर जफत गरियो। पक्राउ पर्ने व्यक्तिहरूको नाम बुद्ध प्रधान र शिव प्रधान रहेको बताइएको छ। आरोपितहरू विरूद्ध एनडीपीएस एक्ट, १९८५ अन्तर्गत मामिला दर्ता गरिएको छ।

एउटा अन्य मामिलामा पुलिसले वाहनहरूको जॉंचको क्रममा चेक-पोस्टबाट दुइजनालाई पक्राउ गरेको छ। पक्रा पर्ने व्यक्तिहरूबाट पुलिसले १५५८ वटा विनस्पास्मो फोर्टे क्याप्सुल जफत गरेको छ। आरोपित व्यक्तिहरूको नाम रिकेश सुजी र रबर्ट राई रहेको बताइएको छ। उनीहरू एउटा ट्याक्सी वाहनमा यात्रा गरिरहेका थिए। पुलिसले साडा अधिनियम अन्तर्गत मामिला दर्ता गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement