कोविड़ सिक्किम: आजपनि कोरोनाकाे शून्य नयाँ मामिला

IMG_20210910_192109-1-1.jpg

गान्तोक: आज राज्यभरिबाट कोरोनाकाे शून्य नयाँ मामिला फेला परेको र कोहिपनि कोरोनामुक्त न भएकाे राज्य स्वास्थ्य विभागद्वारा जारी गरिएको रिपोर्टमा उल्लेख गरेको छ। आज याे राेगले कसैको मृत्यु न भएकाे विभागले जानकारी गराएको छ।

स्वास्थ्य विभागले जानकारी गराए अनुसार, हिजो राज्यभरि १०७ जनाको नमूना जाँच गरेकाेमा राज्यका कुनै जिल्लाहरूबाट नयाँ मामिला अघि आएन। विभागले जारी गरेको कोरोनाको आंकडा अनुसार हाल राज्यमा उपचारधीन रहेका कोरोना रोगीहरूको संख्या २ रहेको छ। राज्यमा आज कोरोना सकारात्मकता दर ० प्रतिशत दर्ता भएको छ। 

अहिलेसम्म राज्यमा ४३,०२९ जना यस रोगलाई जितेर स्वास्थ्य लाभ लिइरहेका छन् भने वर्ष २०२० देखि अहिलेसम्म ४४,३१४ जना कोरोना संक्रमित बनिसकेका छन्। राज्यमा अहिलेसम्म कोरोनाले ४९९ जना संक्रमितको मृत्यु भइसकेको छ। 

About Author

Advertisement