दोस्रो विण्टर कपः कञ्चनजंघा एफसी सेमिफाइनलमा

IMG-20221129-WA0309.jpg

२९ नोभेम्बरः लोधोमा खेलकुद संघको तत्त्वावधानमा आयोजित दोस्रो विण्टर कप ओपन फूटबल टुर्नामेण्टमा सिलगढ़ीको कञ्चनजंघा एफसी-ले रोमाञ्चक जीतको साथ सेमिफाइनलमा प्रवेश बनायो। लोधोमा (दार्जीलिङ) खेल मैदानमा मंगलवार खेलिएको म्याचमा कञ्चनजंघा एफसी-ले युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी)-लाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट अनिश राईले दोस्रो हाफको ११औं मिनटमा पेनल्टीबाट गोल गरे। अनिश राईलाई प्लेयर अव् द म्याच चयन गरियो। यसरी नै गोलकीपर निगम सिंहले पनि विशेष पुरस्कार जिते। अब बुधवार खेलिने म्याचमा टीए दार्जीलिङ र मानेभञ्ज्यांग एफसी-बीच भिड़न्त हुनेछ। यस नाइन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ३ लाख ३१ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई २ लाख २१ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसबाहेक हरेक म्याचको सर्वश्रेष्ठ खेलाड़ीलाई ट्रफीको साथमा नगद पुरस्कार प्रदान गरिनेछ। फाइनलसम्म प्रदान गरिने प्लेयर अव् द म्याचको ट्रफीको साथमा च्याम्पियन र रनर अप् टीमलाई प्रदान गरिने ट्रफीहरू कैलाश निरौलाले आफ्नी माता नरमाया निरौलाकी नाममा डोनेट गरेका छन्। यसरी नै प्लेयर अव् द टुर्नामेण्ट हुने खेलाड़ीलाई आधा तोला सुन प्रदान गरिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *