फीफा वर्ल्ड कपः ईरानी महिलाहरू, एलजीबीटी र युक्रेनको समर्थन गर्दै मैदानमा पसे सुपरम्यान

photocollage_20221129131719331.jpg

२९ नोभेम्बरः फीफा वर्ल्ड कप २०२२-को आयोजन कतरमा भइरहेको छ। कतरको क्रूर नियमहरू अनि शास्तीबारे सुनेर कसैको पनि मुटु काम्नेछ तर केही यस्ता मानिसहरू पनि रहेका छन्, जसलाई रोक्नु असम्भव छ। एक दिन अघि मात्र कतरमा लुगा लगाउने नियमहरूको क्रोएशियाई मोडलले खुलेर आलोचना गरेकी थिइन्। यसरी नै सोमवार राति पोर्तुगल र उरुग्वेबीच भएको म्याचको अवधि सुपरम्यानको टी शर्ट लगाएर एकजना प्रशंसकले कठोर सुरक्षा व्यवस्थाबीच मैदानमा प्रवेश गरेर आफ्नो सन्देशद्वारा सबैलाई चकित पारे। प्रशंसकको टी शर्टको अघिल्तिर युक्रेनको निम्ति सन्देश थियो भने ढाड़मा ईरानी महिलाहरूकी समर्थन गरिएको थियो। यसको साथ हातमा एलजीबीटीक्यू-को समर्थनमा रंगीचंगी झण्डा रहेको थियो। कतरलाई चुनौती दिने त्यस प्रशंसकको आँटको सोशल मीडियामा निक्कै प्रशंसा भइरहेको छ। वास्तवमा ईरानमा महिलाहरूले आफ्नो सम्मानको निम्ति सरकार विरुद्ध लड़ाइँको शुरुवात गरेकी छन् जबकि युक्रेनमा लामो समयदेखि रुसले सैन्य कार्वाही गरिरहेको छ। यसबाहेक कतरमा एलजीबीटी-माथि पनि प्रतिबन्ध रहेको छ। त्यस प्रशंसकले मैदानमा प्रवेश गरेर रंगीचंगी झण्डा हावामा फहऱ्याए। सुरक्षा अधिकारीहरूले तुरन्तै कार्वाही गर्दै त्यस व्यक्तिलाई मैदान बाहिर लगे। टुर्नामेण्टको पहिलो हप्तामा सातवटा यूरोपेली टीमहरूलाई रंगीन वन् लव आर्मब्याण्ड लगाउने अनुमति दिइएन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement