दोस्रो विण्टर कपः मानेभञ्ज्यांग एफसी क्वार्टर फाइनलमा

photocollage_2022112623335338.jpg

२६ नोभेम्बरः लोधोमा खेलकुद संघको तत्त्वावधानमा आयोजित दोस्रो विण्टर कप ओपन फूटबल टुर्नामेण्टमा मानेभञ्ज्यांग एफसी-ले एकतर्फी जीतको साथ क्वार्टर फाइनलमा स्थान बनायो। लोधोमा (दार्जीलिङ) खेल मैदानमा शनिवार खेलिएको म्याचमा मानेभञ्ज्यांग एफसी-ले कालेबुङको युनाइटेड ब्रदर्सलाई ४-०-ले पराजित गऱ्यो। विजेता टीमबाट मिड्जो, मासिन, सञ्जय राई र पियुष ठाकुरीले गोल गरे। विजेता टीमका करण थापालाई प्लेयर अव् द म्याच चयन गरियो। यस नाइन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ३ लाख ३१ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई २ लाख २१ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसबाहेक हरेक म्याचको सर्वश्रेष्ठ खेलाड़ीलाई ट्रफीको साथमा नगद पुरस्कार प्रदान गरिनेछ। फाइनलसम्म प्रदान गरिने प्लेयर अव् द म्याचको ट्रफीको साथमा च्याम्पियन र रनर अप् टीमलाई प्रदान गरिने ट्रफीहरू कैलाश निरौलाले आफ्नी माता नरमाया निरौलाकी नाममा डोनेट गरेका छन्। यसरी नै प्लेयर अव् द टुर्नामेण्ट हुने खेलाड़ीलाई आधा तोला सुन प्रदान गरिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *