एनएन प्रोडक्सनद्वारा दुईवटा गीति अल्बमको बिचमोन

IMG-20221126-WA0341.jpg

गान्तोक: एनएन प्रोडक्सन हाउसद्वारा निर्मित दुई वटा म्यूजिक भीडियोको आज विमोचन गरियो। राजधानीस्थित एक होटलमा आयोजित कार्यक्रममा राज्यका स्वास्थ्य विभाग मन्त्रीले उक्त म्यूजित भीडियोको विमोचन गरे। राज्यका युवाहरूलाई सुमार्गमा ल्याउनको निम्ति एनएन प्रोडक्सनले एउटा मञ्च दिने काम गरेको निर्माता निर्मल भट्टराईले जानकारी गराएका छन्। पत्रकारहरूसँग कुराकानी गर्दै भट्टराईले आज बिमोचन गरिएको दुई वटा म्यूजिक भीडियो मन नै त हो र जलाई सक्यौ रहेको छ। यस गीतमा चाँदनी प्रधान, नित्यान भट्टराई, सैलेप देवान र देवा जाङ्मु योञ्जनले भूमिका निर्वाह गरेका छन्। राज्यमा कलाकारहरूको कुनै अभाव नरहेको उनको भनाइ छ। एनएन प्रोडक्सनले विस्तारै राज्यका कलाकाहरूलाई मञ्च प्रदान गरेर उनीहरूमा भएको कलालाई अघि ल्याउनको निम्ति निरन्तर प्रयास गरिरहेको भट्टराईले जानकारी गराए। यस गीतमा सुमन सुब्बा (राईबा) ले स्वर दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement