मुख्यमन्त्रीले गरे नयाँ दिल्लीमा केन्द्रीय मन्त्री जयकिसन रेड्डीसँग भेट

IMG-20221124-WA0296.jpg

गान्तोक: आज नयॉं दिल्लीको विज्ञान भवनमा केन्द्रिय पर्यटन, संस्कृति तथा डोनर मन्त्री जी. किशन रेड्डीसॅंग मुख्यमन्त्री प्रेमसिंह तामाङले भेट गरेर सिक्किम सम्बन्धित विभिन्न विकास योजनाहरूबारे चर्चा गरे। यस भेट अवधि मुख्यमन्त्रीले उत्तर पूर्वको निम्ति प्रधानमन्त्रीको विकास पहल (पीएम-डिभाइन) लाई अनुमोदन गरेकोमा केन्द्रिय मन्त्री र केन्द्रिय मन्त्री परिषदप्रति कृतज्ञता व्यक्त गरे। यसै गरी उनले केन्द्रिय मन्त्री समक्ष पश्चिम सिक्किममा पेलिङदेखि साङछोइलिङसम्म रोप-वे र दक्षिण सिक्किमको धपरदेखि भालेढुङ्गसम्म रोप-वे निर्माणको विषय उठान गरे। उनले उक्त योजनाहरू राज्यस्तरीय अधिकारप्राप्त कमिटीले सिफारिश गरेर डोनर मन्त्रालयमा डीपीआरसमेत बुझाइसकेको अवगत गराए।

मन्त्रालयमा बुझाइएको प्रस्तावबारे चर्चा गर्दै मुख्यमन्त्रीले पाकिम हवाई अड्डा छेउ टोय म्यूजियम एवं कल्चरल ल्याब, टेगोर कल्चरल सेन्टर फर् यूथ, कल्चर एण्ड कन्भेन्शन सेन्टर तथा क्यूजिङमा भोटिया समुदायको निम्ति टेगोर कल्चरल सेन्टरको निर्माण विषय पनि केन्द्रिय मन्त्रीसॅंग चर्चा गरे। उनले 15औं वित्त आयोगद्वारा सिफारिश गरिएका केही प्रस्तावहरू पठाउने बताउॅदै केन्द्रिय मन्त्रीलाई उक्त प्रस्तावहरूमाथि विचार गरिदिन अनुरोध पनि गरे।

पाकिम हवाई अड्डामा सेवा अवरोध भएपछि पर्यटन सेवा प्रभावित बनिरहेको कुरा उठान गर्दै मुख्यमन्त्रीले सेवा पुनर्बहालको निम्ति सम्बन्धित मन्त्रालयमा कुरा गरिदिन अनुरोध गरे। उनले बागडोगरादेखि गुवाहाटीसम्म हवाई सेवाको संख्या बढ़ाउन मन्त्रालयबाट सहयोगको निम्ति आह्वान गर्दै यसले सिक्किमसहित छिमेकी राज्यका मानिसहरूलाई कामाख्या मन्दिरको भ्रमण गर्न सहुलियत प्राप्त हुने बताए। यस भेट अवधि मुख्यमन्त्रीसॅंग मुख्य सचिव वीबी पाठक, आवाय आयुक्त अश्विनी आनन्द र मुख्यमन्त्रीका सचिव डा. एसडी ढकाल पनि उपस्थित रहेको बताइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *