महानदीमा साहित्यकार असीत राईको ८२औं जन्म जयन्ती पालन

IMG-20221124-WA0274.jpg

खरसाङ: भारतीय नेपाली साहित्यको पहिलो फेलो साहित्यकार असीत राईको जन्म जयन्ती महानदीमा पालन गरिएको छ। महानदी हाई स्कूलमा साहित्यकार असीत राईको ८२औं जन्म जयन्ती पालन गरिएको छ। उक्त जन्म जयन्ती कार्यक्रम समाजसेवी सूर्यनारायण प्रधानको अध्यक्षतामा र शिक्षिका अनुराधा छेत्रीको सञ्चालनमा सम्पन्न भएको छ। उक्त कार्यक्रमको शुरुमा साहित्यकार असीत राईको फोटोमा खदार्पणसहित धुप दीप प्रज्वलन गरी थालिएको थियो भने असीत राईद्वारा लिखित कविताहरू विद्यार्थीहरूले पठन गरेका थिए। यस क्रममा महानदी हाई स्कूलको विद्यार्थीहरू क्रमैले आसनितिया प्रधान, कृष्ण लिला, अंजल राई, दुर्गा सुब्बा, निहाल खातीले कविताहरू वाचन गरेका थिए। कार्यक्रममा साहित्यकार असीत राईको संक्षिप्त जीवनी शिक्षिका अनुराधा छेत्रीले प्रस्तुत गरेका थिए भने असीत राई जयन्ती विषयमा शिक्षक अशोक विश्वकर्मले बताएका थिए।

कार्यक्रममा सभाध्यक्ष सुर्यनारायण प्रधानले साहित्यकार असीत राई विषयमा विद्यार्थीहरूलाई जानकारी गराएका थिए। कार्यक्रममा धन्यवाद ज्ञापन महानदी हाई स्कूलको प्रधान अध्यापक महेन्द्र छेत्रीले राखेका थिए। साहित्यकार असीत राईको जन्म २४ नोभेम्बर सन् १९४० सालमा भएको थियो भने मृत्यु ३० मार्च सन् २०१ मा भएको थियो। उनी भारतीय नेपाली साहित्यको पहिलो फेलो साहित्यकार हुन्।

About Author

Advertisement