मिरिक: मिरिक महादेवटार नजिक मंगलबार बेलुकी आफ्नो कामबाट घर फर्किने क्रममा सिस्ने निवासी आशाकर्मी काजल तामाङमाथि एक व्यक्तिले प्राण घातक हमला गरेको खबर प्रकाशमा आएपछि बुधबार मिरिकका आशाकर्मीहरूले मिरिक थाना, खण्ड विकास कार्यलय, महकुमा कार्यलय अनि मिरिक प्राथमिक खण्ड स्वास्थ्य केन्द्रका बीएमओएचलाई ज्ञापन पत्र बुझाएको छ। विशेष गरि हिजो उक्त घटना प्रकाशमा आएपछि मिरिक थाना पुलिसले आरोपीलाई पक्राउ समेत गरिसकेको भए तापनि आरोपीलाई कठोर सजाय दिलाउनु पर्ने माग गर्दै आशाकर्मीहरूले ज्ञापन पत्र बुझाएको थाहा लागेको छ। यो भन्दा अघि पश्चिम बंगाल आशा कर्मी संगठन मिरिक खण्डका आशाकर्मीहरूले मिरिक मोटर स्ट्याण्डबाट एक र्यालीको आयोजना गरेको थियो। यसक्रममा आशाकरूमीहरूले न्यायको माग गर्दै हातमा प्ला कार्डहरू अनि नारावाजी गर्दै मिरिक थानासम्म र्याली गरेपछि मिरिक थानामा ज्ञापन पत्र सुम्पिएका थिए। यसक्रममा बोल्दै पश्चिम बंगाल आशा कर्मी संगठनका उपाध्यक्ष जय लोदले आज हामीले हाम्रो आशाकर्मीहरूको सुरक्षा साथै आरोपीलाई कठोर सजाय दिनु पर्ने माग गर्दै मिरिक थाना, खण्ड विकास कार्यलय, महकुमा कार्यलय अनि बीएमओएचलाई ज्ञापन पत्र सुम्पिएको बताए। यता पश्चिम बंगाल आशा कर्मी संगठन मिरिकका उपाध्यक्ष शर्माले घटना मंगलबार बेलुकी भएको बताइन्। साथै आज आफूहरूले आरोपीलाई कठोर सजाय दिनु पर्ने, आशा कर्मीहरूलाई सुरक्षा दिइनु पर्ने अनि पीडितलाई अस्पतालमा लाग्ने सम्पूर्ण खर्च पनि आरोपीले बेहोर्नु पर्ने माग गरेको तिनले बताइन्। यसबाहेक आरोपीलाई कुनै पनि राजनीतिक दलको सहारामा छुट्याएँ वा आफूहरूले गरेको मागको विपरित कार्य भएको खण्डमा आफूहरूले विराट आन्दोलन गर्ने उनले चेतावनीसमेत दिएकी छन्।