पंचायत चुनावबारे बीडीओलाई गोरामुमोको आपत्ति पत्र

मिरिक: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा मिरिक (गोरामुमो) ब्रान्च कमिटीले मिरिक र सौरेनी- पानिघट्टा समष्टि कमिटीको संयुक्त पक्षमा मिरिक ब्लकका जोइण्ट बीडीओ समक्ष पहाडमा हुने भनिएको तथाकथित पंचायत चुनावको सिमाकंन र आरक्षणमाथि आपत्ति जनाउँदै पत्र बुधबार सुम्पिएको छ। ब्रान्च कमिटीका अध्यक्ष महेन्द्र खड्काको नेतृत्वमा गएको टोलीले जोइण्ट विडियोलाई आफ्नो आपत्ति पत्र बुझायो। पत्रमा राज्य सरकारले पंचायत चुनावको निम्ति वर्तमानमा छोडेको सिमाकंन र आरक्षणको आदेशलाई पुनर्विचार गरियोस् र पुरानै रोष्टर अनुसार चुनाव सम्पन्न गराइयोस् भनि निवेदन गरिएको कुरो उल्लेख रहेको महेन्द्र खडकाले जानकारी गराएका छन्।

यस टोलीमा ब्रान्च अध्यक्ष महेन्द्र खड्कालगायत मिरिक समष्टि अध्यक्ष प्रसित राई, गोर्खा राष्ट्रिय भुतपुर्व सैनिक संगठन केन्द्रिय उपाध्यक्ष समीर तामाङ, सौरेनी पानिघट्टा समष्टिका सहसचिव पारस तामाङ, सौरेनी-पानीघट्टा समष्टि सदस्य ध्रुव स्याङ्बो आदि सामेल थिए। एक विज्ञप्ति जारी गर्दै ब्रान्च सचिव राजकुमार रिजालले जानकारी दिएका छन्।

About Author

Advertisement