सिलगढी: नर्थ फ्रन्ट रेलवे पेन्सनर्स एसोसिएशन – ले स्वस्थ व्यवस्थामा सुधार गरिनु पने मांगमा आन्दोलन शुरू गरेको छ। आज संगठनको तर्फबाट आठ सूत्री मागलाई लिएर रेलवे अस्पतालका अधिकारीलाई एउटा ज्ञापन सुम्पिएको छ। नर्थ फ्रन्ट रेलवे पेन्सनर्स एसोसिएशनका संयुक्त सचिव बिमलेन्दु चक्रवर्तीले भने, एनजेपी रेलवे अस्पतालको स्वास्थ्य व्यवस्था चरमराएको छ। पदहरू रिक्त भए तापनि डाक्टरहरूको नियुक्ति गरिएको छैन। यसैले रोगीहरूलाई आफ्नो उपचार गर्नको लागि धेरै समस्या भइरहेको छ। यति मात्र नभएर अस्पतालमा अवश्यक दवाईहरू पनि उपलब्ध छैन। तिनले अझ भने, चाँडै यस समस्याको समाधान नगरे आन्दोलन गर्नेछौ। अर्कोतिर, यस सम्बन्धमा अस्पतालका सीएमएस टीके मांझीले भने, यी सबै समस्याहरू बारे ज्ञापनमा उल्लेख गरिएको छ। चाँडै यी समस्याहरूको समाधान गरिने छ।










