सिलगढी: उत्तर बंगाल विश्वविद्यालयको जग्गा निजी कम्पनीहरूलाई बेच्ने षड्यन्त्र भएको आरोप लगाउँदै बुधबार विश्वविद्यालयमा ‘सेभ एनबीयू ल्याण्ड स्टुडेन्ट्स युनिटी’ को तर्फबाट विरोध प्रदर्शन भयो। विश्वविद्यालय व्यवस्थापनको कथित प्रस्तावको विरोधमा संगठनका सदस्यहरूले आज विश्वविद्यालयको प्रशासनिक भवनमा र्याली निकालेका छन्। विद्यार्थीले यस्ता गतिविधि तत्काल बन्द गर्न पनि माग गरेका छन्।










