एडवार्डस फाउण्डेशनद्वारा राहत समाग्री वितरण जारी

IMG_20221123_160353.jpg

ईश्वरले अजय एडवार्डसलाई धेरै आशिष दिउन: मुण्डा कोठीको श्रमिकहरू

दार्जीलिङ: मुण्डा कोठीका श्रमिकहरूले ईश्वर समक्ष एडवार्डसको निम्ति मांग्यो आर्शिबाद। गत धेरै दिन अधिदेखि मुण्डा कोठी चिया बगान बन्द अवस्थामा रहेको छ। बगान बन्द भएपछि स्थानीय चिया श्रमिकहरूले धेरै प्रकारको समस्याहरू झेल्दै आई रहेको हाम्रो पार्टी अध्यक्ष एंव सभासद अजय एडवाडर्सले आफ्नै आँखाले देखेपछि बन्द चिया बगानहरूमा राहत समाग्रीहरू वितरण गर्ने घोषणा गरेको थियो। जसको फलस्वरूप आज हाम्रो पार्टी अध्यक्ष एंव सभासद अजय एडवार्डसले एडवाडर्स फाउण्डेशनद्वारा मुण्डा कोठी चिया बगानको मुन्सी गाउँमा राहत समाग्री वितरण गरयो। हाम्रो पार्टीको श्रमिक संगठन हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय अध्यक्ष डीके गुरूङ स्वयम उपस्थित रहेका थिए। एडवार्डस फाउण्डेशनद्वारा वितरण गरिएको राहत समाग्री लिन आएका स्थानीय बासिन्दाहरूले चिया बगान बन्द भएकोले आफुहरूले हुनसम्मको समस्याहरू भोग्न परी रहेको समयमा हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले निस्वर्थ भावले जो राहत समाग्री हामीलाई दिएको छ, यसको निम्ति संधै आभारी रहनेछौ।

मुण्डा कोठी चिया बगानको श्रमिकहरूले अधि भने सुखको समयमा खुशी मनाउँनेहरू धेरै हुन्छ तर दुखको समयमा साथ दिने विरालै पाइन्छ। चिया बगान बन्द भएकोले हामीले हुनसम्मको समस्याहरू उठाउँन पर्दैछ, यस्तो स्थितिमा हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले हामीलाई राहत समाग्री दिएर ठूलो सहयोग पूराएको छ। एडवार्डसले गरेको सहयोग हामी जिन्दगी भरी भूल्न सक्दैनौ भन्ने बताए।चिया बगानहरूमा बसो बासो गर्ने प्रायः मानिसहरू गरीव छन भन्दै हामी अजय एडवार्डसको निम्ति ईश्वर समक्ष प्रार्थना गर्ने छौ, ईश्वरले अजय एडवार्डसलाई धेरै आशिष दिउन मुण्डा कोठी चिया बगानको श्रमिकहरूले भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement