फाँसीदेवामा बसकाे धक्काले एकजनाको मृत्यु

ACCIDENT-2.jpg

फाँसीदेवा: एकजना ३७ वर्षीय वरुण सरकार सडक पार गरिरहेको समय विपरित दिशाबाट आइरहेको बसले धक्का दिदाँ मृत्यु भएको छ।यो घटना आज बुधवार बिहान फाँसीदेवाको राष्ट्रीय राजमार्ग-३१ मा भीमबार बजार नजिक भएको हो। जानकारी अनुसार आज बिहान आफ्नो दोकान जानको लागि सड़क पार गरिरहेको समयमा एउटा गैरसरकारी बसले धक्का दिँदा तिनको घटनास्थलमा नै मृत्यु भएको छ। घटना पछि विधाननगर थानाको पुलिस घटनास्थलमा पुगेर कार्वाही गर्दै चालक अनि सह-चालकलाई पक्राउ गरेको छ। यसैगरी, पुलिसले शवलाई उद्धार गरेर पोस्टमार्टमको लागि उत्तर बंगाल मेडिकल कलेज एवम् अस्पताल पठाउनको साथै घटनाको जाँच सुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement