जुटले भरिएको घरमा आगलागी

IMG_20221123_155244.jpg

जलपाईगुडी: धुपागुडी ब्लकको कलिरहाट बजार विद्यालय पाडा क्षेत्रमा जुटले भरिएको एउटा घरमा अचानक आगलागी हुँदा सम्पूर्ण क्षेत्रमा हलचल मच्चियो। आगलागी भएको थाहा पाएलगत्तै स्थानीयले आगो निभाउने काम सुरु गरेका थिए। खबर पाएलगत्तै धुपागुरी दमकलको टोली घटनास्थलमा पुगेको थियो। दमकल पुग्नुअघि नै स्थानीयले आगो नियन्त्रणमा लिएको बताइएको छ। आगलागीको यकिन कारण भने खुल्न सकेको छैन भने आगलागीमा कुनै मानवीय क्षति भने भएको छैन।

About Author

Advertisement