फीफा वर्ल्ड कपः गत विजेता फ्रान्सको एकतर्फी जीत

photocollage_20221123123317932.jpg

२३ नोभेम्बरः गत विजेता फ्रान्सले असाधारण जीतको साथ फीफा वर्ल्ड कप २०२२-मा आफ्नो अभियान शुरु गऱ्यो। मंगलवार अबेर राती खेलिएको ग्रुप डी-को म्याचमा फ्रान्सले अष्ट्रेलियालाई ४-१-ले पराजित गऱ्यो। अल जानौब स्टेडियममा ६३ प्रतिशत पोजेशनको साथ खेले पनि फ्रान्सले शुरुमै गोल खायो। क्रेग गूडविनले नवौं मिनटमा अष्ट्रेलियालाई बढ़त दिलाए। म्याचको शुरुवातमै गोल खाएपछि फ्रान्सले अष्ट्रेलियालाई कुनै मौका दिएन। फ्रान्सले पूरा म्याचमा २८ पल्ट विपक्षी पोस्टमा आक्रमण गऱ्यो। यसमा सातपल्ट गोली लक्ष्यमा रह्यो। चार साल अघि रुसमा ट्रफी जित्ने टीमबाट दिग्गज फरवर्ड ओलिभिएर गिरोडले ३२औं र ७१औं मिनटमा २ गोल गरे। यसबाहेक एड्रिएन रेबिओटले २७औं र स्टार फरवर्ड कीलियन एम्बाप्पेले ६८औं मिनटमा गोल गरे। यस जीतको साथै फ्रान्स ३ पोइण्टको साथ ग्रुप डी-को शीर्ष स्थानमा पुग्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement