प्रेस क्लब अफ कोक्राझारका सदस्यहरुले मन्त्री बिएस पन्तसित भेट गरे

SAVE_20221122_221015.jpg

गान्तोक: आज सूचना एवं जन सम्पर्क विभाग मन्त्री बीएस पन्तसॅंग प्रेस क्लब अफ कोक्राझारका अध्यक्ष र सदस्यहरुले भेट गरे। प्रेस क्लब अफ् कोक्राझारकी अध्यक्ष मोनालिसा शर्माको अगुवाईमा पत्रकारहरूको टोली तीन दिवसीय भ्रमणमा सिक्किम आएका हुन्। टोलीलाई मन्त्री र विभागकी निदेशक बेनू गुरूङले स्वागत जनाए। अध्यक्ष शर्माले मन्त्रीसॅंग अन्तरक्रियाको क्रममा सिक्किममा असल अभ्यासहरू र सरकारका विकास कार्यहरूबारे जानकारी लिइन्।मन्त्री पन्तले सिक्किम भ्रमणको निम्ति टोलीलाई धन्यवाद दिए। यस प्रकारको भ्रमणले एक अर्काको संस्कृति र क्षेत्रको विकाससित सम्बन्धित विभिन्न पक्षहरूबारे जानकारी प्राप्त हुने उनले बताए। उनले पत्रकारहरूको भ्रमण फलदायी रहोस् भन्न खातिर आवश्यक सहयोग गर्ने आश्वासन दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement