वाहन दुर्घटनामा एक जनाको मृत्यु, एकै परिवारका छ जना घाइते

ACCIDENT-2.jpg

सोनादाः सोनादा चौकी डाँडा पेट्रोल पम्प अन्तर्गत भालुटार खेल मैदानको नजिकै गत राति ट्रक दुर्घटना भएको छ।यस दुर्घटनामा ट्रकमा सवार एकजना युवकको मृत्यु भएको छ।अन्य ६ जना यात्री घाइते भएका छन्। घाइतेहरूलाई उपचारको निम्ति सोनादा स्वास्थ्य केन्द्रमा पुऱ्याएपछि हाल तिनीहरूको उपचार चलिरहेको छ। घाइते निम छिरिङ गोले (तामाङ) ले बताए अनुसार छोरीको घरबाट सबै परिवारका सदस्यहरू हिज सोमबार राति घरतर्फ फर्किरहेको समय उक्त दुर्घटना भएको हो। दुर्घटनामा मृत्यु हुने कुशल तामाङ (३४) वर्षका थिए। घाइते हुनेहरूमा निमछिरिङ तामाङ (६६) फूलमाया तामाङ (६०), अम्बिका तामाङ (३४), शान्ति तामाङ (३०), ट्रक चालक रूपदास तामाङ (५५) सामेल छन्।

About Author

Advertisement