सिलगढी: सिलगढी नगर निगमले भीषण आगलागी पीडितहरूलाई मद्दत गर्नेभयेकाे छ। नगर निगमको वार्ड नम्बर १८ खुदिराम कोलोनीस्थित रानाबस्ती क्षेत्रमा शनिबार साँझ आगलागी हुँदा ४५ घर जलेर नष्ट भएका थियो। आठ दमकलको निरन्तर प्रयासमा आगो नियन्त्रणमा आएको थियो। यद्यपि उक्त भीषण आगलागीमा कुनै मानवीय क्षति भने भएको छैन। त्यहाँका बासिन्दाका लगभग सबै सामानहरु भने यस आगलागीमा जलेर खरानी भएका छन्।











