बिन्नागढीमा गरीब कल्याण सम्मेलन सम्पन्न

Garib-Kalyan-Sammelan

बानरहाट: बानरहाट खण्डअन्तर्गत बिन्नागढीस्थित रेलवे स्टेशनमा मङ्गलबार केन्द्रमा मोदी सरकारको आठौँ वर्षगाँठको उपलक्ष्यमा गरीब कल्याण सम्मेलनको आयोजन गरिएको थियो| यस उपलक्ष्यमा बिन्नागढी रेलवे स्टेशनमा मदारीहाट विधानसभाका विधायक मनोज तिग्गा, नगरकट्टाका विधायक पूना भेंगरासहित रेलवे अधिकारी तथा धेरै सङ्ख्यामा स्थानीय मानिसहरू उपस्थित थिए| कार्यक्रममा विगत आठ वर्षको अवधिमा देशका गरीब अनि साधारण मानिसहरूको निम्ति प्रधानमन्त्री नरेन्द्र मोदीको  जन कल्याण योजनाहरूको लाभ अनि सुविधाहरू बारे विस्तृत आलोचना पनि गरिएको थियो| केन्द्र सरकारद्वारा प्रायोजित विभिन्न प्रकल्पहरूको सुविधा प्राप्त गरेका मानिसहरू पनि यस कार्यक्रममा उपस्थित रहेका थिए| कार्यक्रममा ठूलो स्क्रीनको माध्यमद्वारा प्रधानमन्त्री नरेन्द्र मोदीको भर्चुअल वार्तालापलाई पनि उपस्थित मानिसहरू ध्यानपूर्वक सुनेका थिए|
भाजपा विधायक मनोज तिग्गाले भने, ‘विगत आठ वर्षमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देशका गरीब मानिसहरूको निम्ति जुन जनकल्याणकारी योजनाहरू शुरू गरेका छन्|’ यी सबै योजनाहरूबारे आजको यस कार्यक्रम मार्फत मानिसहरूलाई जानकारी गराइएको थियो| तिनले अझ भने वर्तमान केन्द्र सरकारले देशका गरीब जनताको  हितमा धेरै कल्याणकारी योजनाहरू शुरू गरेको छ| जसमा प्रधानमन्त्री सड़क योजना, बिनामुल्य राशिन, फसल बीमा योजना, उज्जवला योजना, प्रधानमन्त्री आवास योजना, जनधन योजना,आयुष्मान भारत योजना जस्ता अनेकौ योजनाहरूको लाभ मानिसहरूलाई दिइरहेको छ| आजको यस गरीब कल्याण सम्मेलनको मार्फत देशका प्रधानमन्त्री नरेन्द्र मोदीले कल्याणकारी योजननाहरूबारे हिमाचल प्रदेशबाट देशका विभिन्न क्षेत्रहरूका मानिसहरूलाई भर्चुअल सभाद्वारा वार्तालाप पनि गरे| प्रधानमन्त्री किसान सम्मान निधिको अधीनमा  १० करोड़ भन्दा अधिक किसानहरूलाई २१ हजार करोड़को राशि ११ किस्तिमा प्रदान गरिएको छ| विधायक तिग्गाले भने, ‘पश्चिम बङ्गाल राज्यमा केन्द्रको कतिपय योजनाहरू लागू हुन दिएको छैन, जसले गर्दा यस राज्यका मानिसहरू वञ्चित भइरहेका छन्|’ 

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *