सिलगढी। जीटीए चुनाउको निम्ति माक्सवादी कम्युनिष्ट पार्टीले उम्मेद्वार खडा गर्ने भएको छ। आज पार्टीको तर्फबाट एउटा पत्रकार सम्मेलनको आयोजना गरेर पार्टीका शिर्ष नेतृत्व समन पाठक अनि केबी वातरले जानकारी दिएका छन्। तिनीहरूले बताएअनुसार जीटीएको मोठ ४५ वटा समष्टीमध्ये १५ वटा आसनमा उम्मेद्वार खडा गर्ने भएको छ। आज १२ जना प्रार्थीहरूको नाम सार्वजनिक गरे तापनि तीनजनाको नाम भने बताएनन्। यसबाहेक, कतिपय आसनहरूमा पार्टीको तर्फबाट योग्य स्वतन्त्र उम्मेद्वारलाई सघाउने बारे कुराकानी भइरहेको पनि तिनीहरूले जानकारी दिएका छन्।










