आर्थिक संकटको स्थितिमा पाकिस्तान

Pakistan

नयाँ दिल्ली: भीषण आर्थिक संकटको शिकार पाकिस्तानको मद्दत अब उसका साथीहरूले पनि गरिरहेका छैनन्। अब चीन, संयुक्त अरब अमीरात (यूएई) र सउदी अरबले पाकिस्तानलाई आर्थिक मद्दत दिन खारेज गरेका छन्। पाकिस्तानको समग्र अर्थव्यवस्था यस समय संकटमा छ। देशको विदेशी मुद्रा भण्डार त तीव्र गतिमा घटिनै रहेछ साथै विदेशी ऋणको बोझमा दबेको अर्थव्यवस्था र भारी महंगाईको कारण पाकिस्तानको स्थिति पनि धेरै नै गम्भीर बनेको छ। पाकिस्तानको केन्द्रीय ब्यांक सेन्ट्रल ब्यांक अफ पाकिस्तानले स्पष्ट भनेको छ, जून २०२२  को अन्तअघि पाकिस्तानमाथि लगभग ५ अर्ब डलरको ऋण हुनेछ। ब्यांकको दाबीअनुसार यस्तोमा यदि पाकिस्तानलाई वैश्विक संस्थाहरूबाट ऋण प्राप्त भएन भने पाकिस्तानले बाँकी ऋण तिर्न सक्नेछैन र डिफल्टर हुनेछ। यसपछि पाकिस्तानले आफ्ना मित्र देशहरूसित ऋण माग्यो तर त्यहाँबाट सकारात्मक जवाफ पाउन सकिएको छैन। पाकिस्तानका वित्त मन्त्री मिफ्ताह इस्माइलअनुसार उनी मद्दतको निम्ति स्वयं संयुक्त अरब अमीरात र सउदी अरब गएका थिए तर उनीहरू मद्दतको निम्ति तयार छैनन्। यी देशहरूले उनलाई सुझाव दिए, पाकिस्तानले पहिले अन्तरराष्ट्रिय मुद्राकोषबाट मद्दत लिओस्, यसपछि नै पाकिस्तानको मद्दतबारे विचार गर्नेछन्। चीनको एशियन इन्फ्रास्ट्रक्चर इन्वेस्टमेन्ट ब्यांकले पनि पाकिस्तानलाई ऋण दिन खारेज गरेको छ। ब्यांकले पनि भनेको छ, यदि वैश्विक वित्तीय संस्थाहरूले पाकिस्तानलाई ऋण दिएमात्र उसले पनि मद्दत गर्नेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *