शान्ति राई इन्डियन माउन्टेनियरिङ फाउण्डेशनको आजीवन सदस्य निर्वाचित

IMG_20221121_231710.jpg

नाम्ची: इन्डियन हिमालयन सेन्टर फर एडभेञ्चर एण्ड इको टुरिज्म, चेम्चे, नाम्चीकी पर्वतारोहण प्रशिक्षक शान्ति राई देशको सर्वोच्च पर्वतारोहण निकाय इन्डियन माउन्टेनियरिङ फाउण्डेशनको आजीवन सदस्यका लागि निर्वाचित भएकी छन्। ३८ वर्षीय शान्ति राई १९ नोभेम्बर २०२२ मा नयाँ दिल्लीमा भएको आईएमएफको ५८औँ वार्षिक साधारण सभामा सबैभन्दा बढी मत प्राप्त गरेपछि शान्ती राई आजीवन सदस्यताका लागि निर्वाचित भएकी हुन्। उनी सिक्किमबाट आईएमएफको सदस्यमा निर्वाचित हुने पहिलो महिला हुन्। अब उनले राष्ट्रपतिको निर्वाचनमा भोट हाल्ने र पर्वतारोहणको क्षेत्रमा निर्णय लिने प्रमुख भूमिका खेल्ने अवसर पाउनेछन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *