मन्त्री लेप्चाले गरे सिक्किम अकादमिद्वारा स्थापित पुस्ताकायको उद्घाटन

IMG_20221121_213650.jpg

गान्तोक: सिक्किम अकादमीद्वारा मनन केन्द्रमा स्थापित पुस्तकालयको आज राज्यका शिक्षा मन्त्री कुङ्गा निमा लेप्चाले उद्घाटन गरे। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुस्ताकालयले मान्छेको जीवन साथै समाजको विकासमा ठूलो भूमिका निर्वाह गर्ने बताए। यसका साथै सिक्किमप्रति सिक्किम अकादमीको योगदानलाई पनि उनले प्रशंसा गरे। यो पुस्तकालयलाई सुचारु राख्नको निमिम्म आफ्नोपक्षबाट हर सम्भव सहयोग पुऱ्याउने मन्त्री लेप्चाले प्रतिबद्धता जनाए। ज्ञात रहोस् सिक्किम अकादमीद्वारा मनन केन्द्रमा स्थापित उक्त पुस्तकालयमा हिन्दी, नेपाली अनि अंग्रेजी पुस्तकहरू समावेश गरिएको छ।

About Author

Advertisement