निबन्ध लेखन प्रतियोगितामा हाँसीमाराकी पूजा शाह प्रथम

9e84a0ec-96d6-4111-a02d-f7f51ae557cb

कालचिनी – अखिल भारतीय निबन्ध लेखन प्रतियोगितामा कालचिनी खण्डको पुरानो हाँसीमाराको पूजा शाह प्रथम बनेकी छन्। पूजा शाह हाल अहमदाबाद विश्वविद्यालयमा हिन्दी विषयमा पीएचडी गरिरहेकी छन् भने पूजाको पिता हाँसीमारामा फास्ट फूडको दोकान चलाएर परिवारको भरन पोषण गर्दै आइरहेको छ। पूजाको यो सफलताले तिनको माता पिता मात्र नभएर हाँसीमारा क्षेत्रका मानिसहरूले पूजाको सफलतामा हर्ष व्यक्त गरेका छन्।

कलकत्ता सियालदाहमा निलाम्बर लिटरेरी आर्गनाइजेशनको आयोजनामा राष्ट्रिय निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको थियो भने यसमा देशभरीका विद्यार्थीहरुले अंशग्रहण गरेको थियो। यस प्रतियोगितामा हाँसीमाराकी पूजा शाह प्रथम बनेको खबरले सम्पूर्ण क्षेत्रमा खुसीको माहौल छाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement