फेसबुकबाट प्रेम गर्दा फेला पर्यो दुईजनाकी आमा

Online-Love-1

कोलकाता: रीवा जिल्लाको बिछिया थानाअन्तर्गतका एक युवकको फेसबुकमा एउटा अनौठो घटना अघि आएको छ। ती युवक पाँच महिनादेखि फेसबुक चलाउँदै आएको स्रोतको दाबी छ। यसैबीच, आफ्नै उमेरको केटी सम्झेर २१ वर्षीय केटाले ४२ वर्षीया महिलालाई प्रेम गरे। दुवैले दिनहुँ कुराकानी गरिरहन्थे। केही दिनपछि फोनमा पनि कुराकानी हुन थाल्यो। बिस्तारै फोनको कुरा मायाप्रीतिमा परिणत भयो। अन्ततः २५ मईमा आफन्तको अनुपस्थितिमा केटा ५ लाख नगद लिएर पश्चिम बङ्गालको हावडा शहरमा पुगे। यात परिवार पुग्दा छोरा बेपत्ता थियो। दराजमा राखेको पाँच लाख रुपियाँ पनि थिएन। छोरालाई फोन गर्दा बन्द भएको थियो। आफन्तसँग कुरा गर्दा पनि कसैबाट खबर आएन। यस्तो अवस्थामा तत्काल बिचिया पुलिसलाई खबर गरियो। आफन्तको बयान लिएर सूचना पाएपछि पुलिस पुगेको थियो। त्यसपछि साइबर सेलको सहयोगमा केटाको लोकेशन पत्तो लगाएर कोलकाता भेटाइयो। यससँगै पुलिसले सम्बन्धित महिलाका पतिसँग कुरा गर्यो। जसका कारण ती केटालाई महिलाका परिवारले दुई दिनसम्म हावडामा राखेका थिए। रीवा पुलिस पुगेपछि केटालाई सुम्पियो र पाँच लाख नगद बरामद गरियो।

पुलिसका अनुसार केटाले सानै आफ्नै उमेरको केटि सम्झेर घर-परिवार छाडेर कोलकाता पुगेका थिए। वास्तवमा ती महिला दुई सन्तानकी आमा थिइन्। तैपनि प्रेम सम्बन्ध कारण पति र छोराछोरीको उपस्थितिमा युवक दुई दिन महिलाको घरमै बसे। तर पुलिसले बोलाएपछि महिलाका पति डराए। जसका कारण केटाको कुनै पनि जनधनको क्षति भएन। पुलिसको सहयोगले केटालाई कुनै क्षति भएन।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *