कालचिनी बीडीओलाई बर्खास्त गर्ने दाबीमा बाममोर्चाको विक्षोभ ऱ्याली

कालचिनी। कालचिनी बीडीओ प्रशान्त बर्मन विरुद्ध दिन प्रतिदिन विरोधको स्वरहरू चर्किन्दै गईरहेको अवस्थाबीच आज अलिपुरद्वार जिल्ला बाममोर्चाको पक्षबाट कालचिनीमा एउटा विक्षोभ जुलुस तथा ऱ्याली निकालिएको थियो। हेमिल्टनगञ्जबाट पथसभा गरेपछि ऱ्याली गर्दै निस्किएको बाममोर्चाको ऱ्यालीलाई कालचिनी बीडीओ कार्यालयको गेट अघि विशाल पुलिस वाहिनीले रोकेको थियो।
गेट बाहिरबाटै बाममोर्चाको नेता औ समर्थकहरूले कालचिनी बीडीओ प्रशान्त बर्मन विरुद्ध नाराबाजी गर्दै हजारौँ शिक्षित बेरोजगार युवा युवतीहरूको हक मारेर धाँधलीमा बीडीओ भएर आएको नकली बीडीओलाई यथाशीघ्र राज्य सरकारले बर्खास्त गर्ने नत्र बाममोर्चाले आगामी दिनमा कानुन अमान्य गर्दै आन्दोलनमा ओर्लिने बताएका छन्।

बाममोर्चाको पक्षबाट आज अलिपुरद्वार जिल्ला बाममोर्चाको कन्भेनर किशोर दास, सीटु नेता विकास महली, आरएसपी नेता गणेश लामा, पूर्णमान राई, सीपीआईएम नेतृ काकोली घोष, मदिना बेगम आदिले कालचिनी बीडीओ प्रशान्त बर्मन विरुद्ध तिनले जालसाजी गरेर बीडीओ बनेको सम्वाद माध्यमहरूमा छर्लङ्गै भइसक्दा पनि आजसम्म तिनलाई कालचिनी बीडीओ बनाएर राखिरहेको सरकार नै जाली सिद्ध भएको बाममोर्चा नेताहरूले दाबी गरेका छन्।

About Author

Advertisement