पहिलो मणि खवास स्मृति साहित्यिक पुरस्कार साहित्यकार मैतराज राणालाई प्रदान

00-IMG-20221120-WA0224

अक्षर अभिलेखभित्र मणि खवास स्मृति ग्रन्थको लोकार्पण

मिरिक: पुटुङ माध्यमिक विद्यालयका भुतपूर्व प्रधान अध्यापक, भारतीय नेपाली साहित्यमा मुर्धन्य साहित्यकार, समाजसेवी एव राजनैतिक व्यक्तित्वका धनी मणि खवासको स्मृति ग्रन्थ ‘अभिलेखभित्र मणि खवास’ को लोकार्पण २० नोभेम्बरको दिन सिलगढीको देवकोटा संघको भवनमा सम्पन्न भएको छ। उक्त लोकार्पण समारोहका मुख्य अतिथि बरिष्ठ साहित्यकार, साहित्य अकादमीको जेनरल काउन्सिल मेम्बर तथा नेपाली भाषा परामर्श समितिका सदस्य एवं सिक्किम नेपाली साहित्य परिषद्का उपाध्यक्ष टीबीचन्द्र सुब्बा रहेका थिए भने कार्यक्रमको अध्यक्षता मणि खवास स्मृति साहित्यिक प्रतिष्ठानकी अध्यक्षा एवं स्मृति ग्रन्थका प्रकाशिका देबीका सुब्बा खवासले गरेकी थिइन्। कार्यक्रमका बिशिष्ट अतिथिहरुमा प्राध्यापक डा.कृष्णराज घतानी, साहित्यकारहरु मुक्ति उपाध्याय बराल,डा.खेमराज शर्मा, युवराज काफ्ले, पुटुङ माध्यमिक विद्यालयका शिक्षक प्रभारी महेन्द्र मोक्तान,डा राजकुमारी दाहाल, लोकनाथ उपाध्याय चापागाईं, देवकोटा संघका अध्यक्ष मिलन रुचाल आदि थिए। अजित बियोगी र तुलसा दुतराजद्वारा संचालित कार्यक्रममा स्वागत मन्तब्य स्मृति ग्रन्थका प्रधान सम्पादक डा. सुकराज दियालीले राखे भने माधवी छेत्रीले सुन्दर स्वागत गीत प्रस्तुत गरिन। कार्यक्रमको औचित्य बिषयमा स्मृति ग्रन्थका सम्पादक मनोहर शर्मा वक्तव्य राखे भने नयाँ तरिकाले मञ्चको प्रेक्षालयमा नै उभेर स्मृति ग्रन्थका सम्पुर्ण रचनाकारहरुको बहुलीबाट अक्षर अभिलेखभित्र मणि खवास स्मृति ग्रन्थको लोकार्पण सम्पन्न भयो। प्रमुख अतिथिले  ग्रन्थ लोकार्पण भएको घोषणा गरे। सम्पूर्ण रचनाकारहरुलाई उनिहरुको योगदानको मुल्याङ्कन गर्दै देबिका सुब्बा खवास सम्मानले स्मृति चिन्हद्वारा सम्मानित गरियो। कार्यक्रममा लोकार्पित पुस्तकमाथि चर्चा परिचर्चाको पनि गरियो जसको  सहजकर्ता हिमालय दर्पणका सम्पादक शिबु छेत्री र हिमाल वर्ल्डका निर्देशक पत्रकार प्रमोद गिरी रहेका थिए। चर्चा परिचर्चा कार्यक्रममा लेखकको पक्षमा डा.कृष्णराज घतानी,डा.राजकुमारी दाहाल,सम्पादकको पक्षमा मनोहर शर्मा’अविनाश’, सुमित्रा थामी’अविरल’ र कृष्ण पी ठटालले अंशग्रहण गरेका थिए भने मणि खवास स्मृति ग्रन्थको विविध पक्षहरू र उनको जीवनको बिभिन्न पक्षहरु बिषयमा चर्चा परिचर्चा गरियो।  आजको कार्यक्रममा सिक्किम दार्जिलिङ, मिरिक, डुवर्स, सिलगढी, आसाम र दिल्लीका साहित्यकारहरूको पनि जमघट रहेको थियो। कार्यक्रममा पहिलो मणि खवास स्मृति साहित्यिक पुरस्कार साहित्यकार पत्रकार एवं गीतकार मैतराज राणालाई प्रदान गरियो। उनलाई दोसल्ला, स्मृति चिन्ह,कदर पत्र लगायत नगद राशिद्वारा सम्मानित गरियो। उनले एकजना मौन साहित्य साधक भएर नेपाली साहित्य र पत्रकारितामा पुर्णरुपमा योगदान दिइरहे वापत उनलाई यो पुरस्कारले सम्मानित गरिएको आयोजक समितिको पक्षबाट सुकराज दियालीले बताए। मैतराज राणाले आफु सम्मानित बनेपछि यो पुरस्कार पाएपछि अझ साहित्य र पत्रकारितामा जिम्मेवारी बढेको बताउँदै प्रतिष्ठानले आफ्नो कर्मको मुल्याङ्कन गरिदिएकोमा धन्यवाद टक्र्याए। कार्यक्रममा स्मृति ग्रन्थका सम्पादक मनोहर शर्मा ‘अविनाश’  अनि अतिथि सम्पादक मण्डली गणेश कुमार प्रधान (कालेबुङ), रुबेन गुरुङ (दार्जीलिङ), शरद कुमार छेत्री (सिलगढी), सुमित्रा थामी ‘अविरल’ (दार्जीलिङ) कृष्ण पी.ठटाल (राङभाङ भ्याल्ली), टीका ढुंगेल (सिक्किम) लाई मणि खवास साहित्य सम्मानले सम्मानित गरियो, उनिहरुलाई दोसल्ला र सम्मान पत्र दिएर सम्मान जनाइयो। कार्यक्रमलाई प्रमुख अतिथिले सम्बोधन गर्दै मणि खवासको साहित्यिक योगदानको मुल्याङ्कन गर्दै यो स्मृति ग्रन्थ तयार भएपछि उनि अब आफ्नो कर्म,कीर्ति र कृतिहरुमा सदैव अजर अमर रहने बताए। प्रकाशिका देविका सुब्बा खवासले पनि आफ्नो सम्बोधनमा यो ग्रन्थ तयार गर्न सहयोग गर्ने सबै सबैलाई हार्दिक धन्यवाद ज्ञापन गरिन भने आफ्नो श्रीमानले दिएको सम्पूर्ण योगदानको मुल्याङ्कन यसरी भएकोमा हर्ष ब्यक्त गरिन्। कार्यक्रममा धन्यवाद ज्ञापन आलोक खवासले गरे। स्मरण रहोस् अक्षर अभिलेखभित्र मणि खवास स्मृति ग्रन्थमा मणि खवासको जीवनी, संस्मरण,उनको शैक्षिक, सामाजिक, साहित्यिक, राजनैतिक जीवन लगायत उनका फुटकर रचनाहरू,उनले गरेका शोध पत्र आदिलाई समावेश गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement