चाँद एफसी च्याम्पियन

photocollage_2022112193014974.jpg

२० नोभेम्बरः युनाइटेड गुम्ती स्पोर्टिंग क्लब (यूजीएससी), महानदीको तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्टमा चाँद एफसी (तीनधारे) च्याम्पियन भयो। गुम्ती खेल मैदानमा आइतवार भएको फाइनलमा चाँद एफसी-ले आर्यन सेभेन, खरसाङलाई टाईब्रेकरमा ५-४-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। आज फाइनलमा मुख्य अतिथिको रूपमा गुम्ती टी स्टेटका म्यानेजर जवाहरलाल चौधरी उपस्थित थिए। यसरी नै विशिष्ट अतिथिको रूपमा समाजसेवी टीटी लामासहित अन्यान्य गण्यमान्य व्यक्तिहरूका उपस्थिति रहेको थियो। समापन समारोहलाई सफल बनाउनमा युनाइटेड गुम्ती स्पोर्टिंग क्लबका अध्यक्ष दीपेन तामाङको साथमा महासचिव प्रवीण दर्नाल अनि सदस्यहरूका महत्त्वपूर्ण योगदान रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement