केन्द्रीय शिक्षा राज्य मन्त्री सुभाष सरकारले राज्यको टेट मुद्दाबारे गरे कटाक्ष

IMG_20221119_220317.jpg

सिलगढी: केन्द्रीय शिक्षा राज्य मन्त्री सुभाष सरकार उत्तर बंगाल तथा सिलगढीको भ्रमणमा आइपुगेका छन्। आज दिल्लीबाट विमानमार्फत् बाघडुग्रा हवाई अड्डामा आइपुगेपछि तिनले राज्यको टेट मुद्दाबारे कटाक्ष कसे। बाघडुग्रा हवाईअड्डामा पत्रकारहरूलाई सम्बोधन गर्दै भने, पश्चिमबंग भ्रष्टाचारको अड्डा बनेको छ। राज्यको जहीँत्यहीँ भ्रष्टाचार व्याप्त छ। राज्यमा पढे लेखेका युवा युवतीहरूले तिनीहरूको योग्यता अनुसार काम पाएका छैनन्। राज्यभरिमै भाइ- भतीजावाद तथा भ्रष्टाचार रहेको छ। सत्तारूढ पार्टीका केही शीर्ष नेतृत्वहरू लगायत राज्यका केही मन्त्रीहरू समेत भ्रष्टाचारमा लिप्त रहेकोले हाल तिनीहरू जेलमा छन्। भाजपाका दुईजना राज्य मन्त्री निशिथ प्रामाणिक र जोन बारला विरुद्ध पक्राउ गर्ने वारन्टको उल्लेख गर्दै तिनले भने, यो केवल नाटक मात्र हो। सरकारका मन्त्रीहरू जेलमा रहेकोले यसको प्रतिशोधमा तिनीहरूमाथि कानुनी कार्वाही जारी गरेको मात्र हो, तर यसको कुनै प्रमाण छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement