बाघडुग्रा: अप्पर बाघडुग्रा ग्राम पञ्चायतको तर्फबाट आज विश्व शौचालय दिवस पालन गरिएको जानकारी पाइएको छ। यस अवसरमा अप्पर बाघडुग्रा ग्राम पञ्चायतदेखि पानीघट्टा मोडसम्म एउटा रैली निकालिइएको थियो। बाघडुग्रा ग्राम पञ्चायतका प्रधान संजीव सिन्हाले स्वच्छ बाघडुग्रा बनाउनको लागि सबैसित सहयोगको अपील गरे साथै प्लास्टिक मुक्त, स्वच्छ तथा विरुवा रोपणको सन्देश दिँदै एउटा कार्यक्रमको पनि आयोजना गरियो।यस कार्यक्रममा पञ्चायत सदस्य पनि उपस्थित थिए।










