सिलगढी: सिलगढी मेट्रोपोलिटन पुलिसले प्रत्येक सप्ताह शनिवारको दिन रक्तदान शिविरको आयोजना गर्दै आइरहेको छ। आज पनि सिलगढी मेट्रोपलिटनको जलपाईमोड़ ट्राफिक गार्डको पहलमा रक्तदान शिविरको आयोजना गरियो।यस रक्तदान शिविरमा पुलिस कमिश्नर अखिलेश चतुर्वेदी मुख्य अतिथिका रूपमा उपस्थित थिए। यस अवसरमा कमिश्नर चतुर्वेदीले भने, रगतको कमीलाई दूर गर्नका लागि मेट्रोपलिटन पुलिसले लगातार रक्तदान शिविरको आयोजना गर्दै आइरहेको छ। रक्तदान महादान हो। यसैले आजको कार्यक्रममा धेरैजना पुसिल अधिकारीहरू लगायत अन्य धेरै जनाले स्वेच्छाले रगत दान गरे।











