उत्तर बंगाल विश्वविद्यालयका उपकुलपति ओम प्रकाश मिश्रद्वारा कालेबुङ महाविद्यालयको भ्रमण

IMG_20221119_155558.jpg

कालेबुङ: उत्तर बङ्गाल विश्व विद्यालयका उपकुलपति एवम् दार्जिलिङ हिल युनिभर्सिटी को पहिलो अतिरिक्त उपकुलपति ओम प्रकाश मिश्रले आज शनिबार कालेबुङ महा विद्यालयको आधिकारिक परिभ्रमण गरेका छन्। यसै अवसरमा तिनलाई कालेबुङ महाविद्यालयका प्राचार्य डा. आरपी ढकालसितै अन्य प्राध्यापकहरूले स्वागत जनाए। पाँच सदस्यीय टोलीसित आएका उपकुलपति ओम प्रकाश मिश्रले भ्रमण अवधि कालेबुङ महाविद्यालय पश्चिम बङ्गालको धेरै पुरानो एउटा धरोहर रहेको बताए। कालेबुङ महा विद्यालयपछि कालेबुङकै अर्को प्रतिष्ठित क्लुनी महिला महाविद्यालयको पनि भ्रमण गर्ने तिनको कार्यक्रम रहेको बताइएको छ।

About Author

Advertisement