नगरपालिकाले मनाए पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको जन्मजयन्ती

IMG_20221119_150957.jpg

सिलगढी: पूरै देशका साथसाथै शनिबार सिलगढीमा पनि इन्दिरा गान्धीको १०५औँ जन्मजयन्ती मनाइयो। यस अवसरमा आज सिलगढी नगर निगम र इन्दिरा गान्धी स्मृति समितिद्वारा विशेष समारोहको आयोजना गरिएको थियो। कार्यक्रममा वडा नम्बर २३ डबग्राममा रहेको इन्दिरा गान्धीको शालिकमा श्रद्धाञ्जली अर्पण गरिएको थियो।उपमेयर रञ्जन सरकार, अध्यक्ष प्रतुल चक्रवती लगायत विशिष्ट व्यक्तिले आज इन्दिरा गान्धीलाई श्रद्धाञ्जली अर्पण गरेका छन्।

सो अवसरमा उपमेयरले इन्दिरा गान्धीको जीवनीलाई स्मरण गर्दै उनको आदर्शमा लाग्न जनतालाई आग्रह गरे। उनले इन्दिरा गान्धीले देशका जनताको खाना, लत्ताकपडा, बासको बारेमा सोचेको र त्यसको फाइदा देशवासीलाई विभिन्न आयोजनामार्फत उपलब्ध गराएको बताए। जबकि वर्तमान सरकारले गरिबको कुरा नगरी विभिन्न सरकारी निकाय पुँजीपतिलाई बेचेको छ। कार्यक्रममा इन्दिरा गान्धी स्मारक संरक्षणका तर्फबाट मेयर काउन्सिल सदस्य शोभा सुब्बा, पार्षद रञ्जन सिलशर्मा, कल्याण राहालगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *