हिमालयन शट्लर्सद्वारा ब्याडमिण्टन प्रतियोगिताको आयोजन गरिने

IMG_20221119_115536.jpg

१९ नोभेम्बरः हिमालयन शट्लर्स, दार्जीलिङको आयोजनमा थर्ड हिमालयन शट्लर्स ब्याडमिण्टन मिटको आयोजन गरिनेछ। हेडन हल इन्स्टीट्यूट, दार्जीलिङमा आउँदो १० र ११ दिसम्बरको दिन हुने यस दुईदिने ब्याडमिण्टन प्रतियोगितामा विभिन्न वर्गमा म्याचहरू खेलिनेछ। यसमा मेन्स सिंगल्स, मेन्स डबल्स, मेन्स सिंगल्स (४० प्लस), मेन्स डबल्स (४० प्लस) र मेन्स डबल्स (५० प्लस) सामेल छ। प्रतियोगितामा विजेता र उपविजेता बन्ने खेलाड़ीहरूलाई ट्रफीको साथमा आकर्षक नगद पुरस्कार पनि प्रदान गरिनेछ। प्रतियोगितामा अंशग्रहण गर्न इच्छुक खेलाड़ीहरूका निम्ति आफ्नो नाम पञ्जीकरण गराउने अन्तिम मिति ४ दिसम्बर रहेको छ।

About Author

Advertisement